अजय बर्मा, कपिलवस्तु ।
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिका र कपिलवस्तु नगरपालिकाका मुख्य बजारहरु डुबानमा परेका छन् ।
कृष्णनगर नगरपालिकामा ढल निकासको उचित व्यवस्थापन नभएका कारण वर्षाको पानी तथा नालीको फोहरपानी सडकमा ३ देखि ४ फिटसम्म जम्मा भइ मुख्य बजार काली मन्दिरचोक, बस स्टेन्ड, कृषि विकास बैंक, इलाका प्रहरी कार्यालय लगायतका विभिन्न स्थान डुबानमा परेका हुन् । कृष्णनगर नगरपालिका कार्यालय पनि डुबानमा परेको छ ।
ढल निकास अव्यवस्थित रहेकाले सडकको वरिपरि रहेका घर–पसलमा पानी पसेको छ । यस्तै, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कपिलवस्तु नगरपालिकाका केही स्थान डुबानमा परेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर–१ स्थित गौढीचोक, आनन्दबाग र भवानी भिच्छुचोक डुबानमा परेको हो ।
१८ असार २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया