३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

बर्षाको कहर : कृष्णभीरको पहिरोमा पुरियो जीप



मायादेवी अनलाइन, धादिङ ।
पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ ।
पहिरोले कृष्णभीरमा सोमबार जीप पुरिएको छ। काठमाडौँ जाँदै गरेको लु १ च २३४३ नम्बरको जीप पुरिएको हो । पहिरो झर्न थालेपछि जीप भित्र रहेका यात्रुहरु भने भाग्न भ्याएको प्रहरीले जानकारी दिएको छ ।
लगातार परेको वर्षाले पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा पूर्वपश्चिम जाने सवारी साधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ९ : ३१ बजे