७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

शितगंगामा नमुना विद्यालय शिक्षक तालिम



गणेश बेल्बासे, अर्घाखाँची ।
शितगंगा नगरपालिकाको आयोजनामा ५ दिने शिक्षक प्रशिक्षण तालिम आज सम्पन्न भएको छ ।
प्रत्येक वडाका पूर्व घोषित नमुना विद्यालय बालबालिकाहरुलाई अंग्रेजी माध्यमबाट शिक्षण गर्न शिक्षकको क्षमता विकास सम्बन्धि तालिम प्रदान गरेको नगर शिक्षा शाखा अधिकृत माधव बन्जाडेले वताउनु भयो । तालिमपछी शिक्षकहरुले बालबालिकाको मनोविज्ञान बुझि शिक्षण गर्न सक्ने उहाँले बताउनु भयो । तालिम पछी सबै विद्यालयमा अंग्रेजी माध्यमबाट बालमैत्री सिकाई सुरु गर्नु पर्नेमा जोड दिन सहभागीहरुलाई वताउनु भयो । शैक्षिक गुणस्तर वृद्धि गर्ने तथा शिक्षकहरूको क्षमता विकास गराउने उद्धेश्यले तालिम संचालन गरेको उहाँले बताउनुभयो ।
यस कार्याक्रममा नगरको १४ वटा वडाका एकरएक वटा विद्यालय लगाएत अंग्रेजी माध्यमबाट सञ्चालन भएका अन्य विद्यालय गरी २० विद्यालयका ५० जना शिक्षक शिक्षिकाहरूले सहभागी जनाएका थिए ।
तालिममा शिक्षकहरूले विद्यालयमा कसरी सहज तरिकाले बल मैत्रीपूर्ण शिक्षण पद्धति अपनाउने र विद्यालयमा कसरी उचित कक्षाकोठा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियोे । आयोजक र शिक्षकहरू बीच तालिममा सिकेको कुरालाई व्यवहारमा उत्रनु पर्नेमा जोड दिनु पर्नेमा स्रोत व्यक्ति गिरी ब. थापाले बताउनु भयो ।
शिक्षण सिकाइलाई प्रभावकारी एवं नतिजामुखी बनाउन तथा बालबालिकाहरुलाई रोचक एवं आकर्षक ढङ्गबाट पठनपाठन गर्ने आधुनिक विधिका बारेमा छलफल गरिएको थियो ।
शिक्षकले कक्षाकोठामा गर्ने प्रत्येक गतिविधिको सिकाइमा महत्वपूर्ण भूमिका रहने बताउदै स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेलले पढाउनुभन्दा पहिले हरेक शिक्षकले प्रत्येक विद्यार्थीको व्यवहार, चाहना र भावना बुझ्नुपर्ने बताउनुभयो ।
बालमैत्री शिक्षणले मात्रै विद्यार्थीमा प्रभावकारी सिकाइ हुने बताउदै यसका लागि शिक्षक स्वयम् सक्रिय हुनुपर्नेमा जोड दिनु भयो । यसैगरी विद्यार्थीहरुमा बहुआयामिक क्षमताको अभिवृद्धि तथा सिर्जनशीलता विकासका लागि क्षमता विकास तालिम आयोजना गरीएको उहाँले जिकिर गर्नुभयो ।
यही असार १३ गते देखि १७ गते सम्म ५ दिन सम्म सञ्चालित सो तालिममा कृष्ण प्रसाद पौडेल, निमानन्द भुसाल, गिरी ब.थापा, खडानन्द त्रिलोक, विष्णु भट्टराई र यदु प्र. काश्यपले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ७ : ०४ बजे