असार, गुल्मी ।
गुल्मीमा फेला परेका २ शवमध्ये एकको पहिचान भएको छ । जिल्लाकोे मुसिकोट नगरपालिका–८ स्थित वामी रुक्से बाटो नजिकै शुक्रवार फेला परेको शवको पहिचान खुलेको हो । बेवारिसे शव ताराखोला गाउँपालिका–४, बागलुङकी ४६ वर्षीया चन्द्री दर्जीको भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिनुभएको छ ।
मानसिक सन्तुलन गुमेकी दर्जी असार ७ गतेदेखि हराइरहेकी थिइन् । प्रहरीले शवको पहिचना खुलेसँगै परिवारलाई बुझाएको छ ।
१७ असार २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया