३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

कानुनमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारमा सहभागी हुन गरेको भागवण्डाको आव्हान प्रति आपत्ति जनाउँदै सदनमा जवाफ माग गरेको छ । संसदलाई कमजोर बनाउँदै प्रमुख प्रतिपक्षी दल संसदमा नहोस् भन्ने दृष्टिकोणबाट मन्त्री तामाङको अधिनायकवादी प्रवृतिको अभिव्यक्ति आएको भन्दै कांग्रेसले सदनमा मन्त्रीको जवाफ माग गरेको हो । आज बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दललाई मन्त्री तामाङले सरकारमा आउनका लागि गरेको भागवण्डाको आव्हान प्रति आपत्ति जनाउनुभएको हो ।
संविधान कार्यान्यन गर्ने चरणमा रहेको सरकारका जिम्मेवार मन्त्रीले सदनलाई प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने गरी संसदीय मूल्य मान्यता विरुद्धको अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा जवाफ माग गर्नुभयो । उहाँले कांग्रेस संसद छोडेर बाहिर नजाने चेतावनीसमेत दिनुभयो ।
मन्त्री तामाङले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेसले संवैधानिक निकायमा अंशबण्डा खोजेको तथा भागण्डा खोज्ने भए सरकारमा सहभागी हुन आउनु भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

प्रकाशित मिति : १७ असार २०७५ आइतबार ००:००  ७ : ४८ बजे