चितवन ।
पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आइतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ बजेर ४५ बजे सडक छेउमा पल्टिएको हो ।
मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
१७ असार २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया