मायादेवी अनलाइन, तौलिहवा ।
तौलिहवा उद्योग बाणिज्य संघको छैठौ अधिबेशन तथा निर्वाचन आउने असार २७ गते हुने भएको छ । संघको तौलिहवा स्थित कार्यालयमा बसेको बैठकले कपिलवस्तु नगरपालिको हलमा निर्वाचन संपन्न गरिने निर्णय गरेको हो । संघका अध्यक्ष गयादीन कुर्मीका अनुसार निर्वाचनका लागि अधिबक्ता राजु श्रीवास्तवको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल समेत गठन गरेको छ । जसको सदस्यहरुमा प्रवीण श्रीवास्तव र अजय चौधरी रहनुभएको छ । निर्वाचन बिहान ८ बजे देखि साँझ ४ बजे सम्म चल्ने छ ।
बर्तमान कार्य समिले बिधान संशोधन गर्न खोजे पनि कानुनी रुपमा पारित नभए पछि पुरानै बिधान अनुसार कार्य समति चयन हुने छ । पुरानो बिधान अनुसार अध्यक्ष र १३ जना कार्य समितिको निर्वाचन हुने छ । उपाध्यक्ष कोषाध्यक्ष निर्वाचन पछि कार्य समितिले चयन गर्नेछ । संघको निर्वाचनको मिति घोषणा भएसंगै निर्वाचनको चलहपलह समेत सुरु भएको छ ।
वर्तमान अध्यक्ष गयादीन कुर्मी अहिलेका अधिकांस कार्य समितिका प्यानल सहीत मैदानमा उत्रने बताउनुभएको छ । उहाले संघका केही अधुरा योजना पुरा गर्न र नया कार्यक्रमहरु समेत संचालन दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । आफुले संघलाई संस्थागत ढंगले अघि लगेकोले यसपकट पनि ब्यापारीहरुले आफुलाई मौका दिने दाबी गर्नुभएको छ ।
उता अध्यक्षमा संजय गुप्ता समेत लडने चर्चा छ । यधपि उहाले अझै आधिकारीक रुपमा लडने घोषणा भने गर्नुभएको छैन । संघमा साढे ११ सय बढी मतदाता छन ।
यसैबिच गत फागनु तेस्रो सातामा संघले तौलिहवामा संपन्न गरको पाचौ प्राचिन कपिलवस्तुको महोत्सवको आयब्यया पारित गरेको छ । महोत्सवको २८ लाख ३९ हजार ६६५ रुपैयाको आयब्याय पारित भएको कोषाध्यक्ष अनन्त भारतीले बताउनुभयो । उहाका अनुसार महोत्सवमा ९८ हजार नाफा भएको छ । आयब्यय पत्रकार सम्मलेलन गरी सार्बजनिक गरिने उहाले बताउनुभएको छ ।
१७ असार २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया