मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको बजेट असार २१ गते सार्वजनिक गरिने भएको छ । असार १० गते देखि शुरु भएको तेस्रो नगरसभाले २१ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।
नगर कार्यापालिकाको शनिबार बसेको बैठकले उक्त मिति तय गरेको नगरपालिकाले जनाएको छ ।
यसभन्दा अगाडि आगामी असार १८ गते बजेट सार्वजनिक गर्ने तयारी थियो । बजेटमा आगामी आर्थिक बर्ष २०७५÷०७६ मा गर्ने काम उल्लेख हुनेछ ।
१७ असार २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया