५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

ज्ञानपुञ्ज बोर्डिग स्कुलद्धारा विद्यार्थीलाई सम्मान



सरिता थारु, कपिलवस्तु ।
शिक्षा विकास तथा समन्वय इकाई समितिका उपसचिव बाबुराम भटट्राईले ज्ञानपुञ्ज बोर्डिग स्कुल जिल्लामा एसईईको उत्कृष्ट नतिजा ल्याएको बताउनु भएको छ । ज्ञानपुञ्ज बोर्डिंग स्कुलले शुक्रबार एस.ई.ई. परिक्षामा उत्र्तिण भएका विद्यार्थीहरुको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
जिल्लामा विद्यार्थी संख्याको आधारमा ज्ञानपुञ्जले सबै भन्दा धेरै विद्यार्थी उत्र्तिण गराउन सफल भएको बताउँदै यो क्रमलाई आगामी दिनमा पनि विद्यालयले निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाले अभिभावक, शिक्षक र विद्यार्थीको त्रिपक्षीय समन्वयमा नै यस्तो नतिजा आउन सफल भएको बताउदै यो समन्वय र सहकार्यलाई निरन्तरता दिदै लैजाउनु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल रोमकान्त घिमिरेले विद्यालयले २३ परिक्षार्थी मध्ये १५ जना ए प्लस, ७ जना ए र १ जना वि प्लस ग्रेड ल्याई जिल्लाकै उत्कृष्ट भएको दाबी गर्नुभयो । उहाले शिक्षक, अभिभावक तथा विद्यार्थीको अथक प्रयासबाट नै यो नतिजा आउको भन्दै सबैलाई धन्यबाद समेत ज्ञापन गर्नु भयो ।
उहाले सामुदायिक भन्दा निजि विद्यालयले शैक्षिक क्षेत्रमा बढी योगदन दिएको बताउदै शैक्षिक विकासका लागि सामुदायिक र निजी विद्यालय मिलेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विद्यार्थी मनिष घिमिरेले आफुले शिक्षक र अभिभावकै माया र सहयोगले आज सफल भएको बताउनुभयो । आगामी दिनमा समेत उहाले विद्यालयको शिर उचो पार्नका लागि कुनै कसर बाकीं नराख्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा समिती सदस्य तथा संचालक गोविन्द पोख्रेल, अभिभावक टोपकला विसी लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नवदत्त घिमिरेको अध्यक्षता, तथा शिक्षक अमृत न्यौपानेको संचालनमा भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७५ शुक्रबार ००:००  ३ : १६ बजे