१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

एसईईमा जिल्ला प्रथम खनाल लाई सम्मान



दीपा महत, कपिलवस्तु ।
लिटिल स्टार ईंलिस बोर्डिङ हथौसाले एसईई परिक्षामा जिल्ला प्रथम हुने नारायण खनाल सहित उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय ईकाई समिती प्रमुख सुरेन्द्रराज पराजुलीले संस्थागत विद्यालयको नतिजा राम्रो आएको बताउनुभयो उहाले लिटिल स्टारको नतिजाले जिल्लाको गरिमा उच्च राख्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाले विद्यार्थी सटिर्फिकेटमा मात्र उत्तिर्ण नभई ब्यवहारिक जिवनमा पनि उत्तिर्ण हुनुपर्ने औल्याउनुभयो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई समिती उपसचिव गंगाराम आचार्य, वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख रेश्मीराज अर्याल, वडा नम्बर ११ का अधयक्ष सोमनाथ अर्याल, संचालक समिती अध्यक्ष डम्मर शर्मा, प्रिन्सीपल सुन्दर पाण्डे, सदस्यहरु डिल्लीराज भट्राई, डिल्लीराज भुषाल लगाएतले बोल्दै विद्यार्थीको उज्वल भविष्यको कामना गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीको तर्फबाट एसईईमा जिल्ला प्रथम हुन सफल नारायण खनाल, ए प्लस ग्रेड ल्याउने विवेक कडेलले बोल्नुभएको थियो । विद्यालय ब्यवस्थापन समिती अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता शिक्षक रमेश पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थी, अभिभावक लगाएतलाई मायाको चिनो, खादा सहित सम्मान गरिएको थियो ।
यसैबीच ओदारीकै स्काइलार्क बोर्डिङ स्कुलले पनि एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई आज सम्मान गरेको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसईई मा ए प्लस ग्रेड, ए, बी, बी प्लस ग्रेड ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।
विद्यालय व्ववस्थापन समितिका अध्यक्ष तोलाकान्त डुम्रेको अध्यक्षता, वाणगंगगा वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्य, शिक्षीका एमकला घिमिरेको सञ्चालनमा सम्पनन कार्यक्रममा विद्यार्थी अनिस डुम्रेले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा कार्यक्रमका अध्यक्ष डुम्र, प्रमुख अतिथि अर्याल र प्रचार्य कमल पौडेलले सफल विद्यार्थीलाई बधाई दिँदै आगामी उच्च शैक्षिक सफलताको कामना गर्नु भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७५ शुक्रबार ००:००  १ : ५६ बजे