काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न आवश्यक ऐन बनाउने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले संघीयता अनुरुप नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक बनाउन र सशस्त्र प्रहरी बलको गठन सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाउने निर्णय गरेको कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ्गले जानकारी दिनुभयो ।
बैठकले विदुषी योगमाया विश्वविद्यालय बनाउन कानून बनाउने सैद्धान्तिक सहमति पनि दिएको छ । बैठकले माथिल्लो त्रिसुली बी जलविद्युत् आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको मन्त्री तामाङ्गले जानकारी दिनुभयो ।
प्रतिक्रिया