माधव बेल्वासे, चन्द्रौटा ।
जिल्लाको शिवराज नपा–५ खैरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । ज्यान जानेमा दाङको राप्ती गाउँपालिका १ बस्ने अन्दाजी ४० वर्षिय अनिल बस्नेत रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए । घाईते हुनेमा अन्दाजी ३० वर्षिय सन्तोष पुन, २० वर्षिय विशाल पुन रहेको प्रहरी निरिक्षक उपाध्यायले जनाए । घाइते दुवै जना पनि राप्ति गाउँपालिका वडा नं. १ कै रहेको उनले बताए ।
पश्चिम वाट पुर्व जादै गरेको भे ८ प ११५१ नम्वरको मोटसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाइकल सडक भन्दा करिव ४० मिटर बाहिर गएको पल्टिएको थियो । गति तिव्र भएको कारण दुर्घटना भएको प्रत्यक्षदर्शिहरुले वताएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । घाइतेलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।
१२ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया