मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालीकाको ०७५÷०७६ को तेस्रो नगरसभा सम्पन्न भएको छ । ठाडा दहमा हिजो भएको तेस्रो नगरसभामा नगरका जनप्रतिनिधी मात्रै बसेर छलफल गरेका थिए ।
विधी र प्रकृया नवुझेका कतिपयले राजनितीदलका प्रतिनिधी, बुद्धीजिबी, नागरिक समाज, अधिकारकर्मी, संचारकर्मी, संघसंस्था, बिभिन्न कार्यालयका प्रतिनिधी, सरोकारवाला कसैलाई पनि निमन्त्रणा नगरी कोठे बैठकको रूपमा नगर सभा सम्पन्न भएको आरोप लगाएका छन् ।
तर नगर सभा संचालनको कार्यविधी अनुसार सार्वजनिकीकरण समारोहमा मात्र अतिथीहरु आमन्त्रण गरिन्छ । त्यो भन्दा अघि कोठे बैठककै रुपमा सम्पन्न गर्ने प्रावधानछ ।
१२ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया