दीपा महत /विकास थापा, कपिलवस्तु ।
लिटिल स्टार बोर्डिङ स्कुल ओदारीका नारायण खनाल र ज्ञानज्योती शिक्षा सदन बैदौलीका अंकित बेल्वासे माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजामा कपिलवस्तु जिल्लामा प्रथम भएको वताइएकोछ । विद्यालयका अनुसार ओदारीका नारायण खनाल र बैदौलीका अंकित बेल्बासेले सबैभन्दा बढि ३.९५ जिपिए अंक ल्याई जिल्ला प्रथम भएको जनाइएको छ ।
साथै जिल्ला प्रथम भएको खुशीयालीमा लिटिल स्टार बोर्डिङ स्कुल ओदारीले बिजय जुलस पनि निकालेको छ । ओदारीवाट शुरु भएको विजय जुलुशले वनगाई कोपवा जहदी हुदै ओदारी सम्म परिक्रमा गरेको थियो । जुलुशलाई विभिन्न अभिभावकले बीच विचमा स्वागत समेत गरेका थिए । हथौसा लिटिल स्टारका प्राचार्य सुन्दर पाण्डेले राम्रो नतिजा निकाल्न अहोरात्र खट्नुहुने सम्पुर्ण बिद्यार्थीका अभिभावक, शिक्षक शिक्षीका, शुचिन्तक ब्यवस्थापक समिती, सञ्चालक समितिप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
यता ज्ञानज्योती शिक्षा सदनले बाजागाजा सहित बाणगंगा नगरपालिकाका विभिन्न स्थान परिक्रमा गर्दै ¥याली निकालेको विद्यालयका सहायक प्रिन्सिपल कर्ण बहादुर सुनारले बताउनु् भयो । ¥याली पश्चात आयोजित बधाई ज्ञापन समारोहमा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यूवराज पोख्रेलको विद्यालयको नतिजा ल्याउन भूमिका खेल्ने सबै प्रति आभार प्रकट गर्दै यो प्रगतीमा ब्रेक नलाग्ने बताउनु भयो ।
त्यस्तै विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद पोख्रेलले नतिजाबाट आफुहरु अझ उत्साहित भएको तर्क गर्दै आगामी दिनमा विद्यालयको गुणस्तरमा कुनै संझौता नगर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रथम हुन सफल छात्र अंकित बेल्बासेले विद्यालयका गुरु र अभिभावकबाट पाएको माया ममताबाट नै आफुले सफलता प्राप्त गरेको बताए । विद्यालयले एसइई परिक्षामा ११ जना ए प्लस र १२ जना ए ग्रेडमा उत्तिण गराउन सफल भएको शिक्षक चन्द्र बहादुर वि.क.ले जानकारी दिनु भयो ।
१२ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया