१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कार्यक्रमको प्रभावकारिताबारे सरोकारवाला बीच समिक्षा



सीताराम चौधरी, कपिलवस्तु ।
परियोजनाको प्रभावकारिताबारे सरोकारवालाहरुसँग समिक्षा गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुले ६ महिनामा समुदायमा गरेको कामको प्रभावकारिताबारे समिक्षा गोष्ठी गरेको हो ।
सेभ द चिल्ड्रेनको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रले जिल्लाका ४ नगरपालिका र १ गाउँपालिका (साविक २१ गाविस) मा प्रायोजित कार्यक्रम संचालन गरेको छ । बिजयनगर गाउँपालिकाको जुटपानीमा आयोजित गोष्ठीमा २१ वटै गाविसका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमकी प्रमुख अतिथि बिजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कालिकाले संचालन गरेको कार्यक्रम निकै उपलब्धीमूलक पाइएको बताइन् । उनले कालिकाको कार्यक्रमले गाउँपालिकाको कार्यक्रममा समेत थप सहयोग पुगेकोमा धन्यबाद समेत दिइन् । गाउँपालिकाबाट हुनसक्ने किसिमको सहयोग गर्ने समेत चौधरीले आश्वासन व्यक्त गरिन् ।
कार्यक्रममा सरोकारवालाहरुले समग्र कार्यक्रम प्रभावकारी रहेको बताउँदै स्थानीय तहमै कार्यक्रमको दीगोपनाका लागि स्थानीय सरकारमा सिर्जित गर्नुपर्ने माग गरेका थिए । कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले सरोकारवालाको सुझाव, सल्लाह र सहकार्य गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा अर्जुन थापाले ६ महिनामा भए गरेका कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७५ मंगलबार ००:००  १ : ३० बजे