१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बाबुले गरे छोराको निर्मम हत्या



बासुदेव वर्मा, कपिलवस्तु ।
जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।

हत्या गर्नेे बाबु मोहनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जग्गाका विषयमा विवाद भएपछि छोराले अदालतमा बाबुविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

अदालतबाट मुद्दा जितेसँगै छोरा तीरथले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए । छोराले दिनहुँ मानसिक तनाब दिने र गाली–गलौच गरेकाले आफ्नै छोराको हत्या गरेको मोहनले प्रहरीसामु बयान दिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ४ : ५३ बजे