मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका विद्यालयहरु मध्ये पहिलो श्रेणीमा रहेको कपिलवस्तु पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूलले एसईईमा सर्वोत्कृष्ट नतीजा ल्याएको छ । एसईईमा जिल्ला प्रथम भएको दाबी अधिकांश विद्यालयहरुले गरिरहँदा हिलवर्टको नतीजाले सबैको ध्यान तानेको छ । २०७४ को एसईई परिक्षामा ३७ विद्यार्थी सामेल थिए । जसमध्ये १९ जना ए प्लस र बाँकी १८ जना ए ग्रेड ल्याएर उत्र्रिण भएका छन । जुन नतीजा विशिष्ट श्रेणीको रहेको छ ।
कतिपय विद्यालयका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याए पनि समग्र विद्यार्थीको नतीजा एकनासको देखिदैन । तर, हिलवर्टको नतीजामा ए प्लस र ए ग्रेड बाहेक अरु ग्रेडमा उत्र्रिण हुने विद्यार्थी संख्या छैन । यसले एसईई परिक्षाफलमा जिल्ला प्रथम भएको विद्यालय स्रोतको दाबी छ । विद्यार्थीको नतीजाले ए ग्रेडमा सतप्रतिशत विद्यार्थी उत्र्रिण गराउन सफल भएको देखाउने विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले मायादेवी अनलाइनलाई बताउनुभयो । हामी जिल्लामा सतप्रशित ए ग्रेडमा विद्यार्थी उत्र्रिण गराउँन सफल भएका छौ प्रिन्सिपल पाण्डेले भन्नुभयो, ‘हामी जिल्लाका उत्कृष्ट हौँ ।’
२०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले हिलवर्टलाई पहिलो श्रेणीको विद्यालय घोषणा गरेको थियो । पहिलो श्रेणीको रुपमा विद्यालय घोषणा भएको एक बर्ष नवित्दै एसईई परिक्षामा सर्वोत्कृष्ट नतीजा निकाल्न सफल हुनु हाम्रो लागि खुसीको कुरा हो प्रिन्सिपल पाण्डेले भन्नुभयो ।
स्कूलको शैक्षिण गुणस्तर सुधारका साथै नयाँ व्यवस्थापनमा गए संगै स्कूलले नतीजामा पनि सुधार गर्दै गएको स्कूलका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले बताउनुभयो । शान्त, रमणिय र आधुनिक सिष्टममा अध्यापन हुँदै आएको हिलवर्टलाई यहाँ सम्म ल्याई पु¥याउन सहयोग गर्ने विद्यार्थी, शिक्षक, अभिभावक, शेयर सदस्य सबैलाई पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।
यति मात्र होइन हिलवर्ट स्कूल उति बेलाको एसएसली परिक्षामा पनि पटक पटक जिल्ला प्रथम हुँदै आएको थियो । २०६९ साल देखि स्कूल एसएलसी परिक्षा दिने गरि मान्यता पाएको थियो । सोही शुरुवाती बर्ष नै हिलवर्टले सत प्रतिशत नतीजा निकालेर चर्चा बटुल्न सफल भएको थियो । यस्तै २०७१ सालको एसएलसीमा संस्थापन विद्यालय तर्फ हिलवर्ट जिल्ला प्रथम भएर चर्चा बटुलेको थियो ।
पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यालय उत्कृष्ट हुँदै आएको छ । जिल्ला स्तरमा हुने विभिन्न प्रतियोगीतामा स्कूलले सहभागीता जनाउने गरेको छ । गायन, नृत्य, क्वीज, बतृत्वकला प्रतियोगीतामा पनि हिलवर्टले पटक पटक प्रथम, दृतीय र तृतीयको उपाधि रचेको छ ।
साथै यो विद्यालयले जिल्ला बाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएकोछ ।
११ असार २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया