१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अब सबै स्थानीय तहमा अप्टिकल फाइबार हुने



काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी गरेको छ ।
प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी भइरहेको जानकारी दिनु भएको हो ।
सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसञ्चारको पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो ।
प्राधिकरणले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दाबी पनि गर्दै आएको छ । तर त्यसका लागि केही समय लाग्ने प्राधिकरणका बरिष्ठ निर्देशक खनालको भनाई छ ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ९ : ५९ बजे