मायादेवी अनलाइन, कपिलवस्तु ।
एसईई परिक्षाफल प्रकाशित भए संगै विद्यालयहरुले आ आफ्नो विद्यालयका विद्यार्थी उत्कृष्ट भैरहेको दाबी गरिरहेका छन । २०७४ सालको एसईई परिक्षाफल शनिबार साँझ प्रकाशित भएको थियो । यद्यपी परिक्षाफल शनिबार साँझ प्रकाशित भएपनि प्राविधिक गठबढीको कारण समस्या देखिएको छ । शनिबार एउटा नम्बर लिएर पास भएको विद्यार्थीले आइतबार नतिजा हेर्दा फरक परिणाम पाएको छ । जुन विषयमा त्रुटि भएको परिक्षा नियन्त्रण कार्यालयले स्विकार गरेको छ ।
एसईई परिक्षाको नतिजामा वाणगंगा नगरपालिका २ राजपुरमा रहेको ज्ञानपुञ्ज बोर्डिङ स्कूलले आफ्नो विद्यालयले सर्वोत्कृष्ट नतिजा ल्याएको बताएको छ । स्कूलका प्रिन्सिपल रोमकान्त घिमिरेले आफ्नो विद्यालय जिल्लामा पहिलो भएको दाबी गर्नुभएको छ । ज्ञानपुञ्ज बोर्डिङ स्कुलबाट एसईई परिक्षामा जम्मा २३ जना विद्यार्थी सहभागी थिए । जसमध्ये ४ जना विद्यार्थीले ३.८५ जि.पि.ए. सहित १५ जनाको ए प्लस आएको छ । जुन कुल विद्यार्थी संख्याको ६५ प्रतिशत बढी हुन आउँछ । यो नतिजा जिल्लामै पहिलो भएको विद्यालयको दाबी छ । कुनै एक विद्यार्थीले कति जिपिए ल्यायो भन्ने ठुलो विषय होइन् औषतमा कति विद्यार्थी मध्ये कतिको राम्रो नतिजा आयो भन्ने हो प्रिन्सिपल घिमिरेले मायादेवी अनलाइन संग भन्नुभयो, ‘यसले हामी जिल्लामा पहिलो भएको प्रष्ट देखाउँछ ।’
यस्तै अरु ७ जना विद्यार्थी ए र एक जना विद्यार्थीले वि प्लस ल्याएर उत्रिर्ण भएका छन । समग्र विद्यार्थीको औषतमा आफ्नो विद्यालयको नतीजा उत्कृष्ट आएको शिक्षकहरुको दाबी छ । समग्र विद्यार्थी संख्या मध्ये राम्रो नतिजा ल्याउनेमा ज्ञानपुञ्ज जिल्लामा पहिलो विद्यालयको रुपमा रहँदै आएको छ । जुन कुरा तत्कालिन जिल्ला शिक्षा कार्यालयले हरेक बर्ष निकाल्दै आएको परिक्षा विश्लेषणमा प्रष्ट उल्लेख छ । जिशिकाले ज्ञानपुञ्जलाई लगातार तीन बर्ष सम्म परिक्षा विश्लेषणको आधारमा पहिलो स्थानमा राखेको छ ।
यतिमात्र होइन ज्ञानपुञ्ज अतिरिक्त क्रियाकलापमा पनि जिल्लामै अब्बल सावित हुँदै आएको छ । जिल्ला स्तरमा हुने गीत, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका प्रतियोगीतामा पनि यो विद्यालय कयौँ पटक पहिलो हुँदै आएको छ ।
११ असार २०७५ सोमबार ००:००
6
Shares
प्रतिक्रिया