१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वाणगंगाको निती तथा कार्यक्रम पारित, बजेट १८ गते आउँने



दीपा महत, कपिलवस्तु ।
‘हामीले तिरोको कर हाम्रै विकासका लागि, सुन्दर र समुन्नत बाणगंगा बनाउनका लागि’ भन्ने नारा सहित नगरपालिकाले निति तथा कार्यक्रम पारित गरेको हो । नगरपालिकाको वजेट भने यहि १८ गते ल्याउने जनाएको छ । बाणगंगा नगरपरिषदका लागि निति तथा कार्यक्रम आइतवार टेवुल गरिएकोमा छलफल पछि सर्बसहमतिमा पारित भएको हो । मेयर मंगल प्रसाद थारुको अध्यक्षमा भएको निति तथा कार्यक्रम टेवुल गर्ने कार्यक्रममा बोल्दै मेयर थारुले बाणगंगाको मुहार फर्ने कामको विधिवत सुरुवात भएको वताउनु भयो ।
सो कार्यक्रममा बाणगंगा नगरको ९९ बुद्धे निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर चक्रपाणी अर्यालले निति तथा कार्यक्रम सहज कार्यान्वयन हुनेगरी वजटेज ल्याइने वताउनु भयो । बा.न.पा ७ मोतिपुरमा भएको शुरुवाती कार्यक्रम अन्तर्गत आगमी १८ गते निति तथा कार्यक्रममा आधिरीत भएर वजेट प्रस्तुत हुने कार्यक्रम रहेकोछ । सोही दिनमा सार्वजनिक गर्नेकी असार्वजनिक गर्ने अर्काे मिति तथा गर्ने अझै स्पष्ट नभएको प्रमखु प्रशासकिय अधिकृत तुलसीराम मरासीनिले वताउनु भयो ।
बानपाले यसपाली नगरक्षेत्रको समग्र विकासकालागि दिर्घकालिन योजना निर्माणपुरागर्ने, रिङ्ग रोड निर्माण, वसपार्क निर्माण र नगरबस संचालन गर्ने, म सफा गर्छु मेरो नगर कार्यक्रम मार्फत कोइली —कोठी हरित पार्क निर्माणगर्ने, भूउपयोग निति ल्याउने ,कामले कर्मचारी खोज्ने नभई कर्मचारीले काम खोज्ने अवस्था श्रृजनागर्ने भएकोछ ।
त्यस्तै नगरको डम्पीङ्गसाइट तोक्ने, नगरका लब्ध प्रतिष्ठीतको सूची तैयारपारीउनीहरुको कार्यअनुभव ग्रहण गर्ने लगायतका नितिहरु अघि सारेकोछ ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ३ : ३४ बजे