९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वाणगंगामा अध्ययन गर्ने पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रम



गीता अधिकारी, कपिलवस्तु ।
बाणगंगा माध्यमिक विद्यालय सिद्धिपुरमा अध्ययरत २०५३ सालका एसएलसी ब्याचको पुनर्मिलन कार्यक्रम राजापानीमा शनिबार सम्पन्न भएको छ । पुर्नमिलन कार्यक्रममा सहभागी विद्यार्थीको भेलाले आफु पढेको विद्यालय, समाज र विद्यार्थीको बीचमा एक आपसमा सहयोग र रचनात्मक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी वाणगंगा माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक नन्द किशोर शुक्लाले आफुले पढाएका विद्यार्थीले प्राप्त गरेको सफलता र संघर्ष प्रति आफु निकै खुशी भएको बताउनुभयो ।
उहाँले सरकारी विद्यालयमा पछिल्लो समय गुणस्तरीय शिक्षाको विषय चुनौती देखिएकोले यसतर्फ सवै अभिभावक, विद्यार्थी र विद्यालयले चासो दिनुपर्ने औल्याउनुभयो । २०५३ सालमा वाणगंगा माध्यमिक विदयालयबाट एसएलसी दिएका विद्यार्थीले आयोजना गरेको पुनर्मिलन कार्यक्रमलाई प्रशंसा गर्दै प्रधानाध्यापक शुक्लाले विद्यार्थीलाई एक आपसमा सुखदुख साटासाट र परोपकारी क्षेत्रमा काम गर्न पनि सुझाव दिनुभयो । पुर्नमिलन कार्यक्रममा उपस्थित विद्यार्थीको भेलाले विनोद पन्तको अध्यक्षतामा १३ सदस्यीय वाणगंगा माध्यमिक विद्यालय २०५३ कपिलबस्तु नामक तदर्थ समिति समेत गठन गरेको छ ।
जसको उपाध्यक्षमा विना राना, सचिवमा कुलबहादुर सोमै र कोषाध्यक्षमा रमेश घिमिरे रहेका छन् भने अन्य सदस्यमा हरि अधिकारी, मनोज खत्री, होमकिरण आचार्य, किशोर पोख्रेल, चन्द्रकान्त पोख्रेल, शैलेष शुक्ला, नरमाया सुनार र ढाकाराम अधिकारी रहनुभएको छ । कार्यक्रममा २०५३ सालमा एसएलसी दिएका ९२ जना विद्यार्थी मध्ये पुर्नमिलन कार्यक्रममा ३३ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रम विनोद पन्तको अध्यक्षता, कुलबहादुर सोमैको स्वागत र हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा २०५३ को एसएलसी दिएका सहपाठी विद्यार्थी जितपुर निवासी स्वर्गीय रमेश सेन र ठाकुरापुर निवासी स्वर्गाीय युवराज सुवेदीको सम्झनामा मौनधारण समेत गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७५ शनिबार ००:००  ४ : ०६ बजे