मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको तेस्रो नगरसभा आइतबार हुनेभएको छ । नगरपालिका वडा नं. ७ को वडा कार्यालय मोतीपुरको सभाहलमा तेस्रो नगरसभा हुन लागेको हो । सो नगरसभामा आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक नीति, कार्यक्रम र बजेट समेत प्रस्तुत हुने नगरपालिकाले जनाएको छ ।
नगरसभा सञ्चालनका लागि वडा नं. ७ को वडा कार्यालय सभाहल रंगरोगन, सरसफाई, बसाई व्यवस्थापन मिलाइएको छ । भव्यरुपमा सम्पन्न हुन गैरहेको नगरसभा सञ्चालन हुने स्थानको सम्पूर्ण कार्य पूरा भएको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभएको छ ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि नगरपालिकाले एक महिना देखि आन्तरिक तयारी थालेको थियो । सम्पूर्ण वडाका टोल विकास समितिबाट आएका योजनाहरुलाई नगरसभाले पास गरेपछि कार्यान्वयन चरणमा पुग्ने छ । यस बर्ष नगरसभाले भुगोल र जनसंख्यालाई आधार मानेर बजेट विनियोजन गरेको बताइएको छ ।
आइतबार उद्घाटन हुने नगरसभामा झण्डै एक हप्ताको छलफल पछि भव्य समारोहका बीच सार्वजनिक गर्ने तयारी नगरपालिकाको छ । विगतका नगर तथा गाउँसभा एक दिनमै सार्वजनिक हुने गरेपनि यसपाली नयाँ संरचना अनुसार नगरसभा गर्न लागिएको हो ।
यसैबीच आइतबार शिवराज नगरपालिकाको पनि नगरसभा हुने भएको छ । नगरसभाको सम्पूर्ण तयारी पूरा भएको मेयर नेत्रराज अधिकारीले जानकारी दिनुभएको छ ।
९ असार २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया