१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

होटलको स्विमिङ पुलमा डुब्दा एक युवाको ज्यान गयो



रासस, चितवन ।
चितवनको कुरिनटारको सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर एक जनाको ज्यान गएको छ ।

मनकामना दर्शनका लागि आएका काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको होटलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हो ।
गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे ज्यान गएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो ।

परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए ।

प्रकाशित मिति : ९ असार २०७५ शनिबार ००:००  ६ : २१ बजे