रासस, बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘समृद्ध बुटवल खुशी बुटवलवासीको’ परिकल्पना अगाडि सार्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाको शुक्रबारदेखि शुरु भएको तेस्रो नगरसभामा नगर प्रमुख शिवराज सुवेदीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय सरकारको रुपमा सरकार सञ्चालनका लागि आव २०७४÷०७५ लाई अध्ययन वर्ष घोषणा गरी सोको अनुभवका आधारमा आगामी आव २०७५÷०७६ लाई ‘कार्यान्वयन वर्ष’ का रुपमा अघि बढाइने उल्लेख छ ।
उपमहानगरपालिकाको सीमित स्रोत र साधनलाई अधिकतम परिचालन गरी ‘सबल आर्थिक केन्द,्र समुन्नत बुटवल’को दीर्घकालीन उद्देश्य राखेर नीति तथा कार्यक्रम ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।
उपमहानगरपालिकाले शहरी योजना, पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर नगर योजना आयोगसम्बन्धी कानूनको तर्जुमा गरी अल्पकालीन तथा दीर्घकालीन योजनाको तर्जुमा गर्न नगर योजना आयोग गठन गरी कार्यान्वयनमा ल्याइने, सूचना तथा प्रविधिजस्ता विषयमा योजना निर्माण गरिने तथा अध्ययन अनुसन्धान तथा योजना अनुगमन र नियमन प्रणाली स्थापित गर्ने कामलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख सुवेदीले बुटवलको नमूनाका पमा रहेको उजिरसिंह नगर अटोभिलेजमा खानेपानी पाइप लाइन विस्तार, नाला तथा सडक निर्माण उपमहानगरपालिकाको ४० प्रतिशत र व्यवसायीको ६० प्रतिशत सहभागिता हुने गरी सञ्चालन गरिने कार्यक्रम रहेको बताउनुभयो ।
९ असार २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया