भुवन पाण्डे, दाङ ।
जंगली जनावर मार्न बनाएको भरुवा बन्दुकको एम्बुस पड्कदा दाङमा दुईजना घाइते भएका छन् ।
दंगिशरण गाउँपालिका १ बाँकी सामुदायिक वनमा राखेको एम्बुसमा परी कृष्ण बहादुर घर्ती र भिम बहादुर घर्ती घाइते भएको दाङ प्रहरीले जनाएको छ । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
शुक्रबार साँझ ६ बजेतिर हराएका गोरु खोज्न जाँदा एक्बुस पड्किएर खुट्टामा लागेको थियो । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
९ असार २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया