सीताराम चौधरी, चन्द्रौटा ।
अवसर दिएमा अपांगता भएका व्यक्तिले पनि सपांगता सरह काम गर्न सक्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । कपिलवस्तुको चन्द्रौटामा “अपांगता पूर्ण स्थापना सञ्जाल सुदृढिकरण संस्थागत विकास कार्यक्रम” का सहभागीले यस्तो बताएका हुन् । “दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण” भन्ने नारालाई स्मरण गर्दै अपांगता भएका व्यक्तिलाई पनि अवसरको सृजना गर्नेुभपर्ने सहभागीको जोड थियो ।
अपांगता भएका नागरिकलाई राज्य दिने सेवा सुबिधा तथा समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने सहभागीले औल्याएका थिए । सहभागीले अपांगता भएका व्यक्तिलाई दयामाया होइन, अवसर सृजना गरिनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जिकिर गरेका थिए । संबिधानमा अपांगता भएका नागरिकका लागि बिभिन्न ब्यवस्थाहरु गरिए पनि त्यसको प्रभाव अझै पनि सकारात्मक हुन नसकेको नगरस्तरीय अपांग पुनस्र्थापन समिति शिवराज नगरपालिका संयोजक दिपक खड्काले बताए ।
किर्डाक संस्थाका कार्यक्रम अधिकृत सिरी भन्डारीले अपांगहरुको क्षेत्रमा बहस, पैरवी तथा पैरवी गर्ने, अपांगहरुको अधिकारको बिषयमा कुरा मात्र गरेर नपुग्ने बताउँदै अपांगलाई आयआर्जनमा टेवा पुराउँदै आएको बताए ।
अपांग भएका ब्यक्तिले अझै पनि सहज ढंगले अपांगता परिचय पत्र प्राप्त गर्न नसकेको गुनासा आउने गरेका अपांगलाई सहज रुपमा सहयोग पु¥याउनुपर्ने समेत उनले जिकिर गरे । कार्यक्रममा बिभिन्न किशोरी संजालमा आबद्ध किशोरीहरु, नगरभित्र वसोवास गर्ने अपांग ब्यक्तिहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया