१५ पुस २०८१, सोमबार | Mon Dec 30 2024

डेनमार्क र अष्ट्रेलियाको खेल १–१ बराबरीमा रोकियो



एजेन्सी, मस्को ।
फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–१ गोलको बराबरीमा रोकेको छ ।
सामारा एरेनामा भएको खेलमा मिले जेडिनाकको पेनाल्टी गोलको सहयोगमा अष्ट्रेलियाले एक गोलको अग्रता लिएको डेनमार्कलाई बराबरीमा रोकेको हो । खेलको सातौं मिनेटमा नै क्रिष्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।
तर ३८ औं मिनेटमा म्याथ्यु लेकीको प्रहार डेनमार्कका युसुफ पउलसेनले डिबक्सभित्र हातले छोएपछि भिडियो एसिस्टेन्ट रेफ्रीले अष्टे«लियालाई पेनाल्टी दिएको थियो । त्यो पेनाल्टी मिले जेडिनाकले गोलमा परिणत गर्दै खेल बराबरीमा र्पुयाए ।
बाँकी समयमा थप गोल हुन नसक्दा डेनमार्क अष्टे«लियासँग अंक बाँड्न बाध्य भएको हो । जेडिनाकले फ्रान्सविरुद्ध पनि एक गोल गरेका थिए । विश्वकपमा ३ गोल गरेका उनी अष्ट्रेलियाका लागि धेरै गोल गर्ने दोस्रो अष्ट्रेलियाका दोस्रो खेलाडी बनेका छन् । अष्ट्रेलियाका टिम केहिलले विश्वकपमा ५ गोल गरेका छन् ।
पहिलो खेलमा पेरुलाई हराएको डेनमार्कले यो बराबरीसँगै समूहमा चार अंक बनाएको छ । अष्टे«लियाको भने यो पहिलो अंक हो । अष्ट्रेलियाको अघिल्लो चरणमा जाने बाटो जीवितै रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७५ शुक्रबार ००:००  ६ : १३ बजे