५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

पालमुनि कष्टकर जीवन बिताउँदै बोटेमाझी



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मी दरवार गाउँपालिका वडा नम्बर १ की ६१ बर्षिय कृष्ण कुमारी वोटे माझी पालमुनि कष्टकर जीवन विताएकी छिन । बुढीवुढी मात्र रहेका उनीहरु ८ महिनादेखि प्लाष्टिकको पालमुनि कष्टकर जीवन बिताइरहेका हुन । उनीहरु सङ्गै गुल्मी दरवार गाउँपालिका १ माझी गाउँका अधिकाशं वोटे माझीहरु लामो समयदेखि पालमुनि कष्टकर जिवन विताउदै आएका छन ।
सानो खरको झुपडिमा जिवन गुजारा गदै आएका निःसन्तान ६१ वर्षीय दम्पतीको मसिंरदेखि नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत घर निमार्ण हुने आशामा पालमुनि बस्दै आएका हुन । ५ महिनाभित्रमा घर निमार्ण हुने आशामा पालमुनि कष्टकर जिवन विताउदै आएको ८ महिना पुग्दा पनि अहिलेसम्म उनीहरुको घर बन्ने कुनै टुङ्गौ छैन ।
उनीसगै गुल्मी दरवार १ वोटे माझी गाउँका अधिकाशं वोटे माझीहरुको पनि अवस्था उस्तै रहेको छ । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत वोटे माझी गाउँका ५० घर यही असार मसान्तभित्र निमार्ण हुने लक्ष्य सहित सम्झौता भएपनि अहिलेसम्म दर्जन बढी घरहरु निमार्ण सम्पन्न हुन सकेका छैनन । जनता आवास कार्यक्रम अन्र्तगत घर निमार्ण गर्ने भन्दै बस्तीका भएका साना झुपडीहरु भत्काएर हिउदमा जसोतसो गुजारा गर्दै आएपनि बर्षात शुरु हुन लाग्दा समेत घर निमार्ण नहुँदा यहाँका वोटे माझीहरुले पालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।
सरकारले बनाइदिने भन्दै भएको घर भत्काइयो तर अहिलेसम्म बनाई नदिएको ६१ वर्षिय कृष्ण माझीले गुनासो गरिन । छोराछोरी कोही छैनन बुढाबुढी मात्र छौ उनले पालमुनिवाट आधा टाउको वाहिर निकाल्दै भनिन‘ हाम्रो घर बनाउनका लागि पैसा आएको छ भन्छन न घर बन्यो न पैसा पायौ ।’ उनका अनुसार काठ, वालुवा, गिटी ढुङगा सवै आफुहरुले दिनुपर्ने भएपनि आफुहरु थप समस्या परेको बताईन ।
सामानहरु सवै तपाईहरुले किन्न पर्छ भन्छन आखाँभरि आशुँ ल्याउदै माझी भन्छिन‘किन् पैसा पनि छैन, वोक्न र केही काम गर्न सकिदैन बुढाबुढी भइयो , कसरी होला हजुर ।’ पालमुनि वसेको लामो समय भएपनि हाम्रो अवस्था बुझ्न अहिलेसम्म कुनै सरकारी निकाय नआएको गाउँका शकंर माझीले बताए । घाममा त जसोतसो गुजारा चलाइयो माझी भन्छन‘ अव बर्षा लाग्यो कसरी होला हजुर पालमुनि बस्ने ।’ पानी पर्दा कसरी ज्यान जोगाएर कहाँ गएर बस्ने भन्ने पिरलोमा रहेको उनको भनाई रहेको छ ।
लामो समयसम्म पालमुनि कष्टकर जिवन विताएका वोटे माझीहरुको बस्तीका पीडितको अवस्था बुझ्न वुधवार विहान वोटे माझी गाउँ पुग्दा सञ्चारकर्मीलाई पीडा सुनाउँदै यहाँका वोटे माझीहरुले एकै स्वरमा भने, ूआजसम्म हाम्रो अवस्था बुझ्न कुनै सरकारी निकाय आएका छैनन कृपया हाम्रो पीडा प्रशासन र सरकारसँग पु¥याई दिनोस् हजुर ।”स्थानीय दल बहादुर मुखियाले आफुहरुलाई व्यवस्थित आवासको व्यवस्था छिटो मिलाई दिन आग्रह गरे ।
गाउँका अधिकाशं हामी वोटे माझीहरु त्रिपाल मुनि गुजारा चलाइरहेका छौ उनले भने‘ सरकारले असार भित्रैमा घर बनाइदिने भन्दै पालमुनि बसेका छन कात्तिकदेखि पालमुनि बस्दा अहिलेसम्म घर निमार्ण हुन सकेनन ।’ मध्य दिनमा चर्को घाम र पानीपर्दा गाउँका वोटेहरु घर निर्माण अलपत्र भएपछि उनीहरु बाध्यताले पालमुनि बसिरहेका छन ।
यता आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पावाट २०७५ असार मसान्त भित्रमा वोटे गाउँका ५० घर निमार्ण गर्ने सम्झौता भएको जनाइएको छ । उपभोक्ता समिती र कार्यालय विच भएको सम्झौताको कार्यान्वयन ब्यस्थित नभएकाले वोटे माझीहरुका घर समयमा बन्न नसकेको जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । गरिव, विपन्न नागरिकको घर बनाउन सरकारले रकम उपलब्ध गराएको भएपनि आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पाले अनुगमन नगरेकाले यस्तो अवस्था आएको हो उनले भने‘ निती नियम विपरित ठेक्कापट्टा हुदाँ समेत कार्यालय मौन बस्यो ।’ उनले निती विपरित गरिवका घर वनाउन निमार्ण ब्यवसायीलाई जिम्मा दिने उपभोक्ता समितीलाई डिभिजन कार्यालयले के कारवाही गर्छ भन्ने लागेको बताए ।
उपभोक्ता समितीका अध्यक्ष होम माझीका अनुसार भने असारमा २० घरहरु मात्र सम्पन्न हुने बताए । हामीले घरहरु निमार्ण गर्न ठेक्का दिएका छौ उनले भने‘असारमा होईन भदौ अन्तिमसम्म ३५ घरहरु सकिन्छन की ।’ उनले ५० घर बनाउन ठेक्का दिएको बताए । आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख इन्जिनियर रमेश थपलियाका अनुसार कार्यालयवाट भएको सम्झौता अनुसार काम नभएर भुक्तानी रोकिने बताए । हामीले समयमै काम गर्नका लागि उपभोक्ता समितीसगँ सम्झौता गरेका हौ प्रमुख थपलियाले अगाडि भने‘ सम्झौता अनुसार गुणस्तरीय काम भए नभएको मुल्याङकन पछि मात्र रकम भुक्तानी हुन्छ ।’ हामीले उपभोक्ता समितीलाई काम गर्न भनेका हौ समितीले कस्लाई जिम्मा दियो त्यो कार्यालयसगँ कुनै सम्बन्ध छैन, काम समयमै सम्पन्न हुनुपर्छ भन्ने कार्यालय प्रमुख इन्जिनियर रमेश थपलियाको भनाई छ ।

प्रकाशित मिति : ८ असार २०७५ शुक्रबार ००:००  ५ : ५४ बजे