राजु लामिछाने, रुकुम ।
(पूर्व) रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।
रुकुम पुर्वको सदरमुकाम रुकुमकोटबाट दाङका लागि छुटेको ना ५ ख ४०१२ नम्बरको बस सदरमुकाम नजिकैको मङ्ग्रा भन्ने ठाउँमा दुर्घटना भएको बताइएको छ ।
स्थानीय सर्जना कार्कीका अनुसार, बिहान ६ बजे छुटेको बस १० मिनेट पछि सडकबाट करिब १५ मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार, बसमा सवार यात्रुको संख्या यकिन हुन बाकी रहेको र घाइते ९ जनाको जिल्ला जनस्वास्थ्य रुकुम पुर्वमा उपचार भइरहेको छ ।
घाइतेहुनेहरुमा बाँके जिल्ला डुडुवा गाउँपालिका ५ का २५ वर्षीया सुभद्रा यरि, त्यसै स्थानकी ५५ वर्षीया पुतली खड्का, ३० वर्षीय अजित यरि, रोल्पा जिल्ला लिवाङ निवासी ३२ वर्षीय दिलिप कुमार पुन, रुकुम पश्चिम बाफिकोट गाउँपालिका ५ का २० बर्षका दिलिप देवकोटा रहेका छन् ।
त्यसैगरी, रुकुम पूर्व सिस्ने गाउँपालिकाका ४० वर्षका अम्बर थापा, त्यसै स्थानका ५१ वर्षीया सुधा कुमारी शर्मा, २३ वर्षका नारायण गौतम छन् । घाइते मध्ये एक जनाको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले घाइतेको उद्दार गरिरहेको बताईएको छ । तीव्र गतिमा गाडी चलाएकोले दुर्घटना भएको र गाडी चालक दाङ्, तुल्सिपुरका चुडामणि बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
८ असार २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया