दीपा महत, कपिलवस्तु ।
चौथो अन्तर्रा्ष्ट्रिय योग दिवस आज देशभर मनाइदै छ । पतञ्जलि योगपीठ नेपालको आयोजनामा “गरौ योग–रहौ निरोग” भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । आज देशैभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी गरिदै छ । योग दिवसको अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा पनि “ योग चित्वृत्ती निरोध ” नाराका साथ योग शिविर सञ्चालन हुने पतंजली योग जिल्ला समिती कपिलवस्तुका अध्यक्ष कृष्णामुरारी ज्ञवालीले बताउनुभयो ।
आज हिलवर्ट ईंलिस बोर्डिङ पिपरा, तौलिहवा होटल तिलौराकोट, बुद्धभूमी नगरपालिका ईमिलिया र चन्द्रौटाको दुर्गा मन्दीरमा लगायतबाट प्रभात फेरी निकाली योग शिविर सञ्चालन गरिने ज्ञवालीले बताउनुभयो । यता होराइज मावि सिद्धिपुरमा भने विहानै साढे ४ बजेबाट योग शिबिर सञ्चालन गरिएको विद्यालयले जनाएको छ । योगाभ्यासबाट मन र शरिरलाई स्वस्थ राख्न सकिन्छ ।
संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको समर्थनलाई विश्वका १ हजार १ सय ७० भन्दा बढी देशले समर्थन गरिसकेका छन् ।
७ असार २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया