५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेसले बजेटमाथि हतारमा टिप्पणी गरेको मुख्यमन्त्रीको जिकिर



मायादेवी अनलाइन, बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रमुख प्रतिपक्षीले सरकारको बजेटबारे हतारमा टिप्पणी गरेको बताउनुभएको छ । उहाले आफूले आर्थिक वर्ष २०७५र०७६ का लागि ल्याएको बजेट जनताले मन पराएको दावी गर्नुभएको छ ।

अहिले सम्म प्रदेश ५ बाट राम्रो सन्देश दिएको बताउँदै उहाले बजेट सन्तुलित र रणनीतिक भएको दावी गर्नुभयो । आज बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका पोखरेल सरकारले धेरै राम्रा योजना निर्माण गरी प्रदेश समृद्ध बनाउने चाहना राखेको हुनाले सहयोग गर्न आग्रह गर्नुभएको छ ।

दाङ जिल्लामा धेरै बजेट भयो भन्नु गतल भएको भन्दै उहाले आफ्नो निर्वाचन क्षेत्रमा भने नपरेको स्पष्ट पार्नुभएको छ । बुटवलमा प्रदेश ५ का अस्थायी राजधानी तोकिए पनि यहाँ प्रर्याप्त सरकारी संरचना नहुदा विकास बजेट भाडा तिर्दा खर्च हुने उहाले चर्चा गर्नुभयो । संसद विकास कोषमा रकम दिनु संघीयता विपरीत हुने भन्दै मुख्यमन्त्री पोखरेल प्रदेश २ मा त्यसरी बजेट विनियोजन भएको सुने पनि ५ मा नहुने स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको योजनाका लागि प्रदेश सरकार गम्भीर रहे पनि उक्त सम्पदा प्रदेश सरकार मातहत नरहेको बताउनुभयो । रामग्राम तिलौराकोट मोनोरेल सम्भाव्यता अध्ययन सबैभन्दा बढी महत्वकांक्षी हो त्यस्तै पर्यटकीय बस, बुटवल भैरहवा विद्युतीय बस, लुम्बिनीमा रहेका सीसौ फाल्ने र फलफूल रोप्ने योजना रहेको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ असार २०७५ बिहिबार ००:००  ३ : ०९ बजे