विकास थापा, कपिलवस्तु ।
कपिलवस्तुको गोरुसिंगेमा रहेको थारू सांस्कृतिक संग्रहालयको अस्तित्व संकटमा पर्दै गएको छ । स्थापना भएको २ बर्षमै संग्रहालयको अवस्था नाजुक भएको होे । २०७३ सालमा संग्रहालयको स्थापना गर्दा लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन बिकास समिति रुपन्देही भैरहवाले १० लाख सहयोग प्रदान गरेको थियो । त्यसपछि कहिँ कतैबट बजेट नआएपछि संग्रहालयको काम अपुरो छ । थारु कल्याणकारिणी सभाका जिल्ला सभापति जञ्जिर प्रसाद थारुले स्थानिय सरकारले संग्रहालयलाई बजेट उपलब्ध नगराउदा संग्रहालय जिर्ण बनेको बताए ।
उनले बुद्धभुमि नगरमा बन्न लागेको संगहालयलाई बुद्धभुमि नगरले नै वेवास्ता गर्नु विडम्बना भएको बताउँदै अब प्रदेश सरकार समक्ष आफना कुरा राख्ने बताए । संग्रहालयको अभावमा थारु जातिका परम्परागत संस्कृति भेषभुषा, प्रचिन कालमा प्रयोग गरिएका सामाग्री लोप हुन थालेपछि संग्रहालय निर्माण सुरु गरिएको थियो ।
थारु संस्कृतिमा पुरानो तबला, माछा मार्ने हेलुका , डुँगी, खटिया, खटौली, ढकिया गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौका महिलाले लगाउने माठा, पिटा, खुट्टामा लगाउने गुर्हुला, नाकमा लगाउने नत्थीया लगायतका गरगहना पर्दछन् । ती सबैलाई सो संग्रहालयमा राखिएको छ ।
७ असार २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया