मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धभूमि नगरपालिका वडा नं. ४ का १५ देखि २० वर्ष उमेर समुहका किशोर किशोरीहरुलाई प्रजनन शिक्षाका विषयमा एक दिवसिय अभिमुखिकरण कार्यक्रम भृकुटी मावि बुड्ढीमा सम्पन्न भएको छ ।
मानवअधिकार निगरानी समुह बुड्ढीले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक गोर्कण अर्यालले सहजिकरण गर्नु भएको थियो । सहजिकरण गर्दै अर्यालले किशोर अवस्थामा जिवनका लागि बिशिष्ठ अवस्था भएकोले यो अवस्थामा हुने शारिरिक, मानसिक र सामाजिक परिवर्तनले ब्यक्तिको जीवनको बृद्धि विकासमा महत्वपुर्ण भुमिका रहने औल्याउनुभयो ।
किशोर किशोरीमा देखिने बिकृति विसंगति यौन तथा प्रजनन स्वास्थ्यबारे अल्प ज्ञान र गलत आचरणको प्रभाव बढी हुने हुँदा यसवारे सहि ज्ञान सिप र धारणाको विकास गराउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
इन्सेकको सहयोग तथा मानवअधिकार निगरानी समुहको आयोजनामा सम्पन्न कार्यक्रमको निगरानी समुहका संयोजक भोजराज पोखरेलको अध्यक्षता, इन्सेक सहजकर्ता नन्दराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
७ असार २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया