५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

डिलक्सको नाममा बस व्यवसायिको कमाउ धन्दा, नियमन निकाय को ?



अराज सिहं बेल्बासे, अर्घाखाँची ।
अर्घाखाँचीमा सञ्चालित अधिकांश बसहरुले यात्रुलाई ठग्ने गरेको गुनासो बढ्न थालेको छ । प्रचलित भाडादर भन्दा बस व्यवसायिले झण्डै दोब्बर भाडा उठाएको भन्दै यात्रुहरुले गुनासो गरेका छन । विशेष गरि बसहरुले डिलक्सको भाडादर अरु बसहरुमा भन्दा बढी हुने भन्दै यात्रु संग मनपरि भाडा अशुल्ने गरेका हुन् ।

अमराईबाट गोरुसिगें हिडेका जलुकेका मान बहादुर सारुले नियमित जस्तो १ सय २० भाडा तिर्दै आएका थिए । तर, लु १ ख ९८७८ नम्बरको बस चढेका उनले हालै १ सय ६० भाडा बुझाएका छन । सारुले कन्डेक्टरलाई किन यति धेरै भाडा मागेको भनि प्रश्न गरेपछि डिलक्स बस अरु जस्तो नहुँने ती कन्डेक्टरले जवाफ फर्काएका बताए । कन्डेक्टर संग लामो समय भाडादरको बारेमा सवालजवाफ गरेपछि १० रुपैया फिर्ता दिएको उनले बताए ।

यस्तै अमराईबाट डोहोटे हिडेका एक यात्रुले पनि चर्को भाडा तिरेका छन । सिट नभएर गल्लिमा उभिएका ती यात्रु संगै अरु १०÷१२ जनाले पनि सधै तिर्दै आएको भाडादर भन्दा झण्डै दोब्बर तिरेका छन । ठाडा देखि डोहोटेको न्यूनतम भाडा ७० भएपनि कन्डेक्टरले १ सय १० भाडा मागेका थिए ।

डिलक्सको नाममा बस व्यवसायिले चर्को भाडा अशुल्ने गरेपनि नियमन निकाय मौन छ । डिलक्स बसको भाडादर अरुको भन्दा केही बढी भएपनि सिट संख्याभन्दा बढी यात्रु राख्न पाइदैन । तर, अर्घाखाँचीमा चल्ने अधिकांश बसले खोचाकोच यात्रु राखेर चर्को भाडा असुल्दै आएका छन ।

चर्को भाडाबारे पश्चिम नेपाल बस ब्यवसायि समिती ठाडाका कर्मचारी नारायण बन्जाडेले डिलक्स बसले अरु बसको तुलनामा २० प्रतिशत बढी भाडा लिन सक्ने बताए । यद्यपि सिट संख्या भन्दा बढी यात्रु राख्न भने नपाइने उनले जनाए ।

यी त प्रतिनिधी घटना मात्र हुन । बर्षौ देखि गोरुसिंगे सन्धिखर्क सडकमा चल्ने अधिकांश बसहरुले यात्रुलाई ठग्ने गरेका छन । पहाडको बाटो, ठाउँ ठाउँमा प्रहरी पोष्ट नहुनु, समितिको कार्यलय नहुँनु जस्ता समस्याको कारण बस व्यवसायिले चर्को भाडा असुले पनि यात्रुको पीडा सुन्ने निकाय छैन । त्यसले गर्दा पनि बस व्यवसायिको दादागिरी मैलाउने गरेको पाइन्छ ।

यतिमात्र होइन बसहरुको अगाडि डिलक्स लेख्ने गरेपनि डिलक्स बसमा हुनुपर्ने सुविधा भएको पाइँदैन । सित भरिएर गल्ली भरि मान्छे राख्ने, पंखा मात्र देखाउने नचल्ने, सिट फोहोरले गन्हाउने लगायतका समस्या डिलक्स नाम गरेका बसमा देख्न सकिन्छ ।

प्रकाशित मिति : ६ असार २०७५ बुधबार ००:००  ४ : ०० बजे