१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बोलेरो होइन् मोटरसाइकल चढ्छन् गाउँपालिका अध्यक्ष निसार, काममा पनि उस्तै चमत्कार !



मायादेवी अनलाइन, कपिलवस्तु ।
आफ्नो सेवा सुबिधा कटाएर गाउँमा एम्बुलेन्स सुचारु गराएपछि स्थानीय सेवाग्राही लाभान्वित भएको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँले बताउनु भएको छ । अन्य गाउँपालिकामा प्रमुख उपप्रमुखले चार पाङ्ग्रे सवारी साधन खरीद गरि सुबिधा उपभोग गरेको भए पनि शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँले भने आफनै निजि मोटरसाइकलबाट जनताका काम गर्दै आउनुभएको छ ।
सामुदायिक टेलिभिजन बुद्धआवाजको साप्ताहिक कार्यक्रम गाउँ सरोकार कार्यक्रमका लागि अन्तरवार्ता दिदै उहाँले आफ्नो कुरा बताउनु भएको हो । गाउँको विकासलाई उच्च प्राथमिक्ता दिदै गाउँ कार्यपालिकाले उहाकै नाममा वार्ड नम्बर ६ लाई निसार मार्ग नामांकन गरेको छ । सो मार्गमा गाउँपालिकाले पाँच करोड ८० लाखको बजेटमा एउटा पूल निर्माण जारी राखेको छ । यो सडक र पूल सम्पन्न हुदा शुद्धोधनकै मुहार फेरीने छ ।
शिक्षामा पछि परेको शुद्धोधन गाउँपालिकामा यस वर्ष पचास लाख बजेट छुटाइएको छ । शिक्षामा महिला र बालबालिकाहरुलाई प्रोत्साहन गर्दै संचालित उडान परीयोजनामा गाउँपालिकाले चासको देखाउदै ५५ जना विध्यालय छोडेर घर बसेका किसोरीहरुलाई पून स्कूल भर्ना गराएको खाँले बताउनुभयो ।
शुद्धोधन गाउँपालिकालाई एक नमुना गाउँपालिका बनाएर देखाउने भन्दै उहाँले भ्रष्टचार, ढिला सुस्ती र अनियमितता मुक्तगर्ने दाबी गर्नु भयो।
गत स्थानिय चुनाबमा धेरै स्थानीय तहमा कम्युनिष्टहरुले चुनाब जिति रहँदा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेका निसार काममा पनि उत्तिकै भिन्न स्थापित हुँदै जानु भएकोछ । चुनाव खर्च जम्मा ७२ हजारमा जितेको दावि गर्ने खाँले विकास निर्माणका काममा पनि सबैलाई पछि पार्ने अठोट लिएको प्रष्टाउनु भयो । अवका २ वर्ष काम गर्दा शुद्धोधनमा आगामी दिनमा सबैले स्मरण गर्ने कालखण्डको रुपमा पुराउने उहाको भनाइछ ।

प्रकाशित मिति : ६ असार २०७५ बुधबार ००:००  ३ : ३८ बजे