मायादेवी अनलाइन, काठमाडौं ।
दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा विद्युतीय शवदाहको प्रयोग गरी मंगलबार दिउँसो उहाँको अन्त्येष्टि गरिएको हो । हिजो निधन हुनुभएका देवकोटाको पार्थिव शरीरमा पत्नी डाक्टर मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिनुभयो ।
अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम बिदाई गरेको थियो । देवकोटा निवास हेपाली हाइटमा पत्नी डाक्टर मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकिरिया गर्नुहुनेछ । काजकिरिया ७ दिनमा सम्पन्न हुने परिवारजनले जनाएका छन् ।
उहाँको अन्त्येष्टिमा राजनीतिक दलका नेताहरु सहित हजारौँको भीँड थियो । त्यसअघि काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पताल प्राङ्गनमा डाक्टर देवकोटाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली गरिएको थियो ।
५ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया