११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन, दिउँसो अन्त्यष्टि गरिदैँ



मायादेवी अनलाइन, काठमाडौं ।
डा. उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ चिकित्सक देवकोटाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । उहाको उपचारकै क्रममा निधन भएको हो । पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटा करिब ६ महिना पहिले बेलायतबाट उपचार गरि स्वदेश फिर्ता हुनुभएको थियो ।

सोमबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ । २०१० सालमा गोरखाको पण्डित गाउँमा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो । उहाको पार्थिव शरीरलाई आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अस्पताल प्रांगणमै राखिने भएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाको काजक्रिया ७ दिनमा सम्पन्न गरिने पनि अस्पताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नेपालको न्यूरो सर्जरी क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्ति हुनुहुन्छ डा. उप्रेन्द्र देवकोटा ।

२५ वर्षे सरकारी सेवामा देवकोटाले उपचार सेवासँगै थुपै्र न्युरो सर्जनसमेत जन्माएको चिकित्सकहरु बताउँछन् । वीर अस्पतालमा डा. देवकोटाकै नेतृत्वमा सन् १९८९ मा न्युरो सर्जरी विभाग स्थापना भएको थियो । उहा स्वास्थ्यमन्त्री भएका बेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) स्थापना भएको थियो । उहा ७ महिना स्वास्थ्यमन्त्री पनि हुनुभएको थियो । डा. देवकोटाको जन्म भने १९५४ मा गोरखामा भएको थियो । उहाका तीन छोरी र श्रीमती छन् ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  २ : ११ बजे