९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

शिक्षामा सुधार ल्याउन कपिलबस्तुमा सार्वजनिक बहस



गीता अधिकारी, कपिलबस्तु ।
कपिलबस्तुमा किशोरीहरुको शिक्षामा सुरक्षा र संरक्षण सवाल बिषयक सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजना र केयर नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
जीवन यापनको रुपमा अगाडि बढ्न नसकेको शिक्षाको अवस्था रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका हुन् । शिक्षाको पहुँचमा परेकालाई कसरी अगाडि ल्याउने र पहुँचमा पुर्याउने भन्ने कुरामा अब सबै लाग्नुपर्नेमा उनीहरुले जोड दिएका छन ।
सामाजिक बिभेद, शारिरीक कष्ठ, घरको कार्यको द्वन्द्व, महिनावारीको समस्या, बिद्यालयमा शौचालयको अभाव लगायतका कारणले महिला शिक्षाको अनुपातमा कमि आएको शिक्षाका लागी राष्टिय अभियानका सहजकर्ता श्रद्धा कोइरालाले बताउनुभयो । उहाले कपिलबस्तुका क्षेत्रहरुमा पनि पुर्बि दक्षिणी क्षेत्र, जनजाती, पिछडिएको बर्ग तथा मुसलवान क्षेत्रका महिलाहरु शिक्षा क्षेत्रको पहुँच भन्दा बाहीर रहेको उहाको भनाई छ ।
कार्यक्रममा डा.ईन्द्रमणि राई, जिल्ला शिक्षा कार्यालय कपिलबस्तुका जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुली, जिल्ला समन्वय अधिकारी नारायण खनाल, उपसंयोजक तारावती चौधरी, केयर नेपालका राज रज्जक लगायतले बोल्दै शिक्षामा महिला शक्रियता बढाउनको लागी कार्य गर्नुपर्नेमा जोड दिएका थिए । सिमान्तकृत समुदायका लागी कार्यक्रम भएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका हरि अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  १ : ४९ बजे