११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

बहु उद्देश्य सभाहलको सांसद विष्णु पन्थीद्धारा शिलान्यास



मायादेवी अनलाइन, कपिलवस्तु ।
जनता मावि पिपरामा जनता मावि पिपरा बहुउद्देश्य सभाहल प्रदेश सांसद विष्णु पन्थीद्धारा शिलान्यास गरीएको छ । कार्यक्रममा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालको समेत उपस्थित रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति विष्णु प्रसाद पौडेलको अध्यक्षमा भएको कार्यक्रमा वडा सदस्य, प्राविधिक, शिक्षक विद्यार्थी लगायत २०० जनाको उपस्थिति रहेको थियो । सभाहलको निमार्ण जिल्ला शिक्षा कार्यालय, वाणगगां नगरपालिका र प्रदेश सरकारको संयुतm लगानीमा हुने भएको छ ।
उक्त भवनको जम्मा लागत ८४ लाख ७७ हजार रहेको छ । असोज मसान्तमा सभाहलको कार्य सम्पन गरिने जनाईएको छ । उक्त सभाहलको निमार्णधिन सनराइज प्रालिले लिएको छ । सभाहल निमार्णबाट वडा नम्मर २ का सम्पूर्ण जतता लाभानित हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  १ : ४३ बजे