मायादेवी अनलाइन, दाङ ।
‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि कुटपिट गर्ने दुई महिलालाई स्थानीय प्रशासनले थप दश दिन थुनामा राख्न आदेश दिएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले आइतबार थप दश दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिएको जानकारी दिनुभएको छ ।
यसअघि सिडियो कार्यालयले ६ दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । तर, उक्त समयमा अनुसन्धान पुरा नभएपछि थप दश दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश प्राप्त भएको पाण्डेले बताउनुभयो ।
अर्घाखाँची सितगंगा नगरपालिका—९ ठाडोखोलाकी दिलमाया पुनलाई भालुबाङका रेखा गुप्ता र अनिता गुप्ताले जग्गा बेच्दिन भन्दा ‘निवस्त्र’ बनाउँदै सार्बजनिक रुपमै निर्घात कुटपिट गरेका थिए। कुटपिटको भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले पिडक गुप्ता द्धयलाई पक्राउ गरेको थियो । पुनमाथि भएको अमानवीय कुटपिटको घटना सार्वजनिक भए लगतै त्यसको चौतर्फी आलोचना भएको छ ।
प्रतिक्रिया