मायादेवी अनलाइन, भैरहवा ।
रपन्देहीको भैरहवासिथत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै भैरहवाका स्थानीयवासी आन्दोलनमा उत्रिए पछि गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको हो ।
स्थानीयहरु रनवेमा जम्मा भएर आन्दोलन गरेका कारण विमानस्थलको काम अवरुद्ध बनेको छ। नदीजन्य पदार्थ डम्पिङ गरिएको ठाउँ धावनमार्गमा स्थानीयहरु टेन्ट टाँगेर बसेपछि निर्माण कार्यमा समस्या भएको छ ।
५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेयको नेतृत्वमा विमानस्थलको निर्माण कार्य रोकिएको छ। आयोजनाले जग्गाको मूल्यांकन भएको २ महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमति भए पनि हालसम्म वितरण नहुँदा बाध्य भएर निर्माण कार्य रोक्नुपरेको प्रदेशसभा सदस्य पाण्डेले बताउनु भयो ।
विगतमा ३० लाख रुपैयाँबाट लाभकर दिनुपर्ने व्यवस्था रहे पनि अगामी साउनदेखि १० लाख रुपैयाँबाट नै लाभकर दिनुपर्ने हुन लागेको व्यवस्थाको स्थानीयले विरोध गरेका छन् । यता निर्माणधीन विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले यस विषयमा माथिल्लो निकायमा जानकारी भइसकेको बताउँदै अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको कारण अब मुआब्जा वितरणमा ढिलाइ भएको बताउनुभएको छ ।
५ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया