११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट



जानु पाण्डे, गोरुसिंगे ।
इलाका प्रहरी कार्यालय गोरुसिंगेले २१ ग्यालेन अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले आइतबार बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधीको रोवहरमा सो मदिरा नष्ट गरेको हो ।
नगरपालिकाको इमिलिया र बुड्ढी हाट बजार लाग्ने दिन विक्री गर्न लागेको वेलामा प्रहरीले उक्त मदिरा नियन्त्रणमा लिएको थियो । करिव १ सय ५० लिटर अवैध मदिरा पक्राउ गरि नष्ट गरेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठले बताउनुभयो । साथै स्थानीय होटलहरुमा घरेलु मदिरा विक्रि वितरण नर्गन पनि प्रहरीले सुचना जारी गरेको उहाले दाबी गर्नुभयो ।
बजारमा खुलेआम रुपले घरेलु मदिरा विक्री हुँदै आउँथ्यो उहाले भन्नुभयो, ‘यसले समस्या उत्पन्न गराएको थियो ।’ प्रहरी सकृयताका कारण यो समस्यामा कमी आउने बुद्धभूमि नगरपालिका २ नं. वडाका वडा सदस्य इश्वरी प्रसाद खनालले वताउनुभयो ।

प्रकाशित मिति : ३ असार २०७५ आइतबार ००:००  २ : ३५ बजे