मायादेवी अनलाइन, काठमाडौँ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षक माथिको छलफल जारी रहेको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालय अन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्ताव माथिको छलफल चलेको छ ।
उक्त शीर्षक माथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका मानबहादुर विश्वकर्माले स्थानीय तहलाई सक्षम बनाउन बजेट अपुग भएको र दलित माथि बजेटले भेदभाव गरेको बताउनुभयो । काँग्रेसकै रामबहादुर विष्टले यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने बताउँदै वातावरण विनाश भई शहर प्रदूषित हँुदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
काँग्रेसकी लक्ष्मी परियारले जंगल विनाश भइरहेकामा चिन्ता व्यक्त गर्दै नीतिगत भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउनुभयो । काँग्रेसकै सञ्जयकुमार गौतमले विनियोजित बजेटले महँगी बढाएको विचार राख्नुभयो ।
३ असार २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया