११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

चारवटा प्रदेश गरिब, राष्ट्रिय औसत भन्दा पनि उच्च



मायादेवी अनलाइन, काठमाडौं ।
चार वटा प्रदेशमा गरिबीको दर राष्ट्रिय औसतभन्दा उच्च देखिएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक तथा जनसांख्यिक प्रोफाइलका अनुसार प्रदेश २, प्रदेश ५,कर्णाली प्रदेश र प्रदेश ७ मा गरिबीको दर राष्ट्रिय औसत २५.२ प्रतिशत भन्दा उच्च छ ।
प्रदेश ७ मा गरिबीको दर ४२.० प्रतिशत, गरिबीको विषमता १२.१ प्रतिशत, तथा गरिबीको गहनता ४.६ प्रतिशत छ । यो सबैभन्दा उच्च दर हो ।
प्रदेश ७मा प्रदेशका ९ मध्ये ६ जिल्ला गरिबीको दर अनुसार समृद्धिस्तर सबैभन्दा न्यून रहेका १० जिल्ला मध्ये पर्दछन् । प्रदेश ४ मा गरिबीको दर सबैभन्दा न्यून १५.२ प्रतिशत रहेको छ भने प्रदेश १ मा गरिबीको विषमता तथा गहनता सबैभन्दा न्यून छ । त्यसैगरी, संख्यागत रुपमा प्रदेश २ मा सबैभन्दा बढी र प्रदेश ४ मा सबैभन्दा कम गरिब छन् ।
बहु(आयामिक गरिबीको दरलाई विश्लेषण गर्दा कर्णाली प्रदेश र प्रदेश २ मा सबैभन्दा बढी गरिबी देखिन्छ । त्यसपछिका गरीब प्रदेशहरुमा प्रदेश ७ र प्रदेश ५ पर्ने रिपोर्टमा उल्लेख छ । बहु(आयामिक गरिबीको दरलाई आधार मान्दा प्रदेश ३ र ४ मा सबैभन्दा कम गरिबी छ ।

प्रकाशित मिति : ३ असार २०७५ आइतबार ००:००  ११ : ०० बजे