मायादेवी अनलाइन । कपिलवस्तु
कपिलवस्तुमा सिफारिस र सुचीकृत नभएका हाईब्रीड जातका भारतीय बीउको यहाँ बिगबिगी छ । नेपाल सरकार कृषि मन्त्रालय अन्तरर्गत राष्ट्रिय बिउ बिजन कम्पनीले सिफारिस र सुचीकृत गरको जातका धानको बीउ मात्र बिक्री गर्न पाउने प्रावधान छ । तर, जिल्लामा भरातबाट भित्राईएका धानको बीउ बजारमा खुलेयाम बिक्री भईरहेकोछ । गाँउ देखि बजार सम्म हाईब्रिड र उन्नतजातको नाममा अहिले भारतीय वीउको बिगबिगी छ । यहाँका साप्ताहिक हाटबजारहरु तथा तौलिहवा, कृष्णनगर, पकडी, जितपुर लगायतका बजारहरुमा खुलेयाम निम्न गुणस्तरकोे धानका बीउ बिक्रि भईरहेको छ ।
भारतबाट गैरकानुनी ढंगबाट आयातित यस्ता बीउहरु बजारमा रहेको पान पसल, कपडा पसल, साईकल मर्मत पसल लगायतका ठाँउमा बेरोकटोक बिक्री भईरहेको छ । निकै आकर्षक प्याकिङ्मा बिक्री वितरण भईरका त्यस्ता बीउको गुणस्तर बारे कसैले चासो दिएको देखिएको छैन । बिउ बिजन ऐन र नियमावली बिपरित यहाँ बीउ बिक्री बितरण भइरहे पनि त्यसलाई रोक्न कुनै पहल गरिएको छैन ।
त्यस्तो कारोबार गर्ने ब्यापारीको माल जफत सहीत ५० हजार जरिवाना लगाउन सक्ने ऐनमा उल्लेख भए पनि कृषि कार्यालयले कारबाही गरेको पाईदैन । यस बर्ष समय मै बर्षा भए पछि कृषकहरुलाई ब्याड राख्न चटारो छ । उनीहरु बीउका लागि बजारमा धाउने गरेका छन । जिल्लाका एग्रोभेटमा धान किन्ने कृषकहरुको भीडभाड छ । ब्याड राख्ने हतारोमा रहेका कृषकहरु कुन बीउ राम्रो हो भन्ने अलमलमा परेका छन ।
३ असार २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया