दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा दुई दिने अपाङ्गता सम्बन्धी अभिमुखिकरण तालिम संचालन गरिएको छ । कपिलवस्तुका १० स्थानीय तह मध्ये शिवराज नगरपालिका, बुद्घभूमि नगरपालिका, कृष्णनगर नगरपलिका, विजयनगर गाँउपालिकामा रहेका नगर स्तरिय पुर्नस्थापन समितीका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको छ । सोही कार्यक्रम अन्तर्रगत शिवराजमा पनि तालिम आयोजना गरिएको हो ।
तालिम उद्घाटनमा शिवराज नगरपालिका नगर स्तरिय अपाङ्गता पुर्नस्थापन समितीका अध्यक्ष दिपक खड्काको अध्यक्षता, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यिता, अपाङ्ग उत्थान कपिलवस्तुका अध्यक्ष कमल ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको सवाल अत्यन्त संवेदनशील भएकोले आफुले नगरवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तालिममा अपाङ्गताको परिचय, स्थानीय समितिको काम कर्तव्य र अधिकार, अपाङ्गताका भएका व्यक्तिहरुले भोग्नु परेका समस्या, श्रोत पहिचान, परिचालन र संजालिकरण लगायतका विषयमा छलफल गरिने अपाङ्ग उत्थान समाजका अध्यक्ष ढुंगानाले बताउनुभयो ।
फेयरमेडको सहयोग, अपाङ्ग उत्थानको आयोजना र शिवराज नगरपालिकाको समन्वयमा संचालन गरिएको तालिममा ३० जनाको उपस्थिती रहेको छ ।
२ असार २०७५ शनिबार ००:००
6
Shares
प्रतिक्रिया