५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सवैभन्दा बढि चुरे क्षेत्रको श्रृङ्खला प्रदेश ५ मा : मुख्यमन्त्री पोख्रेल



मायादेवी अनलाइन, वाणगंगा ।
चुरे दिवसका अवसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले चुरेको संरक्षण संग जनताको जीवन जोडिएकोले चुरेक्षेत्रलाई हरियाली र जलाधारको क्षेत्र बनाएर लैजानुपर्ने बताउनुभएको छ ।
मन्त्री पोख्रेलले नेपालका अन्य भागको तुलनामा सवैभन्दा बढि चुरे क्षेत्रको श्रृङ्खला ५ नम्बर प्रदेशमा रहेकोले चुरे संरक्षणमा हरियाली, जलाशय र सतह मुनीको पानी संरक्षणमा प्रदेश र स्थानीय जनताको साथ रहने बताउनुभयो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले कपिलवस्तुको वाणगंगा १ स्थित शिवमन्दिर सामुदायिक बनमा आयोजना गरेको चौथो चुरे दिवस कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बन तथा बातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ वली, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष विरेन्द्र यादव, प्रदेश सांसद विष्णु पन्थी, रामजी घिमिरे, वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, सितगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारी लगाएतले चुरे संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुभयो ।
चुरे दिवसका अवसरमा शिवमन्दिर सामुदायिक बन र स्थानीय समुदायका घरघरमा एक हजार फलफुलका विरुवा सहित ४ हजार विरुवा बृक्षारोपण गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  ११ : ०४ बजे