११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

वडा अध्यक्ष चौधरीको मनपरी, आफु खुसी योजना बाडेको आरोप



दिपक खड्का, कपिलवस्तु ।
शिवराज नगरपालिकाको आर्थिक वर्ष ०७५÷०७६ को योजना छनौट भेला भैरहेको छ । यसैक्रममा शुक्रबार वडा न २ को वडा भेला सम्पन्न भएको छ । भेलामा टोलहरुबाट आएका योजनाहरुको सम्बोधन नगरी वडा अध्यक्ष राम बहादुर चोधरीले आफु खुसि योजना बाडफाँड गरेको स्थानीयले गुनासो गरेका छन ।

स्थानीय कृष्ण रेग्मीले वडा अध्यक्षले भेलामा बोलाएको भएपनि आफुखुसी गरेको बताउनुभयो । वडाले ६० लाखको योजना तर्जुमा गरे पनि कसैलाई काखा र कसैलाई पाखा गरिएको उहाले बताउनुभयो ।

बैठक बोलाई उपस्थित मात्र गरे हाम्रा कुनै योजना पारेनन स्थानीय युवा नारायण सापकोटाले दुखेसो पोख्नुभयो । वडा २ मा तर्जुमा गरेको बजेटले वडा कार्यालय निर्माणका लागि रकम विनियोजन नगरिएकोले जनतामुखी योजना तर्जुमा नभएको समाजसेवी दधिराम अधिकारीले बताउनुभयो ।

आफ्नो सम्बोधनका व्रmममा वडा अध्यक्ष राम बहादुर चौधरीले आफुहरुले टोल भेलाबाट आएका योजनालाई नगरपालिकाले सम्बोधन गर्ने बताउनुभएको थियो । कार्यव्रmम वडा अध्यक्ष चौधरीको अध्यक्षता र वडा सचिव मेघनाथ खनालको संचालन रहेको थियो ।

प्रकाशित मिति : १ असार २०७५ शुक्रबार ००:००  १ : ३७ बजे