११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

चनई काण्ड : वडा अध्यक्ष भन्छन्, गलत प्रचारको पछि नलागौ



मायादेवी अनलाइन, कपिलवस्तु ।
शिवराज नगरपालिका वडा न.४ का वडा अध्यक्ष सफिक मुसलमानले आफनो वडामा भईरहेको विकास निर्माणको कामलाई आफुले गति दिने बताएका छन् । स्थानीय नागरिकलाई भ्रम सिर्जना गर्नेगरी गरिएका गलत प्रचारले आफुलाई दुखित बनाएको अध्यक्ष सफिक मुसलमानले बताए । विगतमा सरकारी बाटो अतिक्रमण गरि बनाईएका घर टहरा हटाउने कामलाई सवैले सकारात्मक लिनुपर्ने र उक्त कार्य प्रति गरिएको गलत प्रचार बारे अध्यक्षले खण्डन गरेका छन् ।

शिवराज नगरपालिका वडा नम्बर ४ चनईमा भएको नाली निर्माणको विषयलाई लिएर सामाजिक संजालमा गलत प्रचार गरेपछि स्थलगत रुपमा वडा अध्यक्ष सहित सरोेकारवाला तथा पत्रकारको टोलिद्धारा अनुगमन समेत गरिएको छ ।

विकास निर्माणको कार्यमा कोही पनि बाधक बन्न नहुने र विकासका कार्यमा सवैले हातोमालो गरेर जानुपर्ने सरोकारवालाले बताएका थिए । स्थानिय शिव प्रसाद यादवलाई पटक पटक बाटो अतिक्रमण गरि घर नबनाउन अनुरोध गर्दा समेत अटेरी गरेकोले घरको अगाडिको भाग भत्काईएको बताइएको छ ।

वडा अध्यक्ष मुसलमानले मापदण्ड अनुसार नयाँ संरचनामा बिकास निर्माणको कार्य अघी बढ्ने बताउर्द सार्बजनिक जग्गामा घर, गोठ बनाउने जस्ता कामले बिकास निर्माणमा नकरात्मक असर पुराउने भन्दै स्थानिय समुदायलाई सहयोग गर्न आग्रह गरेका छन् ।

व्यक्ति विशेष भन्दा पनि सरकारी निति नियम तथा अमिनबाट नाँपजाँचबाट गरि बाटो, नाली, घर निर्माण तथा पुर्ननिर्माणको काम हुने अध्यक्ष मुसलमानले जानकारी दिए । आफुले विकास निर्माणका काममा सवैलाई समान व्यवहार र निती अवलम्बन गरिने बताए ।

प्रकाशित मिति : १ असार २०७५ शुक्रबार ००:००  १ : १९ बजे