मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित इलाका वन कार्यालय जवाबैराठका इन्चार्ज सहायक वन अधिकृत ब्रम्हदेव महतो अख्तियारको फन्दामा परेका छन् । सेवाग्राहीबाट ३ लाख घुस लिएका महतोलाई अख्तियारको टोलीले शिवराज नगरपालिका ५, कटनीस्थित उनको डेराबाट नियन्त्रणमा लिएको हो ।
गौतमबुद्ध साझेदारी वन उपभोक्ता समितिका सदस्य सचिव रहेका महतोले ठेकेदारबाट गोलिया काठ कटानी, निकासी अनुमतिका लागि घुस रकम लिएको बताइएको छ ।
१ असार २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया